ओम मूर्ति अनिल
काठमाडौं- माईग्रेन भनेको अर्धकपाल अथवा आधि टाउको दुख्नुलाई बुझिन्छ । यो समस्या प्रायः महिलामा वढी देखिने गर्छ । विशेष गरेर युवा अवस्थामै सुरु हुन्छ र ४०र ५० वर्षसम्म रहन्छ । महिलामा धेरै देखिने कारण हार्मोनसंग संवन्धित भएको धारणा छ ।
पुरुषमा पनि माईग्रेन हेडेक १५ देखि ४० वर्षको उमेरमा बढी देखिन्छ । बृद्धा अवस्थामा यो समस्या कम देखिन्छ । ५० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टाउको दुखेमा अन्य कारण हुनसक्छ, त्यसैले न्यूरोलोजिष्टसंग जाँच गराउनुपर्छ । माईग्रेनको दुखाई धेरैजसो टाउकोको एकातिर हुनेगर्छ । दुखाई विस्तारै विस्तारै बढ्दै जान्छ । मुटुको चालसंगै टाउकोको नशा पनि ढुकढुक गरेको अनुभव हुन्छ । घाउ दुखे जस्तै दुख्ने गर्दछ । टाउको दुखाई बढ्दै जाँदा वाकवाकी र वान्ता हुनसक्छ । वान्ता भएपछि टाउको दुख्न कम हुनथाल्छ ।
टाउको दुख्ने वेलामा उज्यालोमा वा घाममा जान ईच्छा हुँदैन । अँध्यारोमा एक्लै वस्ने र अरुले वोलेको मन नपर्ने आदि लक्षणहरु देखापर्न सक्छन् । सुतेर उठेपछि दुखाई कम हनथाल्छ । धेरै विरामीलाई टाउको दुख्नुभन्दा केहीवेर अगाडि नै थाहा हुनसक्छ । यसलाई ‘अउरा’ भनिन्छ । टाउको दुख्नेसंगै रिंगटापनि लाग्नसक्छ । माईग्रेनको टाउको दुखाईलाई ईपिसोडिक भनिन्छ । यसको अर्थ यो आउने र जाने हुन्छ । पुरै दुखाई केही घण्टाको मात्रै हुन्छ र २४ घण्टाभित्र ठीक भईहाल्छ । कहिलेकाहीँ मात्रै एउटा ईपिसोड २४ घण्टा घन्दा बढी हुन्छ ।
कसरी माईग्रेन हेडेक हुन्छ ?
माईग्रेनको विरामीले केही कुरामा संयम गर्नु जरुरी हुन्छ । खानपिन वा जीवनशैलीमा अनुशासन नभएमा माईग्रेन हेडेक पटकपटक हुनेगर्छ । त्यसैले प्रत्येक विरामीले माईग्रेनको अट्याकलाई कम गर्न निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।
बच्ने उपाय
चिसोमा नवस्ने, गर्मीमा नहिँड्ने,
चकलेट, क्रिम धेरै नखाने,
टाउको दुख्ने वित्तिकै पारासिटामोल खाने,
मानसिक तनाव कम गर्ने,
खाली पेट धेरै वेर नवस्ने,
’