काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारका डिफेन्डर निशान खड्काले क्लबसँगको सम्झौता नवीकरण गरेको छ ।
थ्री स्टारले बिहीबार सामाजिक संजालबाट डिफेन्डर निशानले सम्झौता नवीकरण गरेको जनाएको छ ।
निशानले दुई वर्षका लागि थ्री स्टारसँग सम्झौता नवीकरण गरेका हुन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग नजिकिदै गर्दा थ्री स्टारले निशानसँगको सम्झौता नवीकरण गरेको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।
अघिल्लो पटकको लिग समेत उनले थ्री स्टारबाट नै खेलेका थिए ।
एनएसएलमा भने उनी धनगढी एफसीमा आबद्ध भए ।
थ्री स्टारले यस अघि कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, मनाग्य नकर्मी र निशान खड्कासँगको सम्झौता नवीकरण गरिसकेको छ ।
यस्तै मिडफिल्डर आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।