एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले सासुओलोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, आरोन रामसे र डानिलोले एक एक गोल गरे ।
सासुओलोका ग्रेगोइरे डेफ्रेले एक गोल फर्काए ।
युभेन्ट्सविरुद्ध सासुओलो पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । उसका पेड्रो ओबोयाङले पहिलो हाफको अन्तिम समयमा रातो कार्ड पाएका थिए ।
दोस्रो हाफमा घरेलु टिमले अग्रता बनायो । खेलको ५० औं मिनेटमा डानिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर,५८ औं मिनेटमा सासुओलोका डेफ्रेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
खेलको ८२ औं मिनेटमा रामसेले गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई ३-१ को महत्वपूर्ण जित दिलाए ।
जितसँगै युभेन्ट्सले १६ खेलमा ३३ अंक जोडेको छ ।
युभेन्ट्स तालिकाको चौंथो स्थानमा रहेको छ ।
सासुओलो २९ अंक जोडेर सातौं स्थानाम रहेको छ ।