काठमाडौं । "गरौं योग डटेर, कोभिड जान्छ हटेर" भन्ने नाराका साथ आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग टेकुले राष्ट्रिय योग दिवस सप्ताहव्यापी रुपमा मनाउन सुरु गरेको छ ।
योगप्रति सचेतना फैलाउने उदेश्यले बैकल्पिक चिकित्सा विभागले नजिकिएको योग दिवशलाई मध्यनजर गर्दै सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो ।
विभागमा आज गरिएको पत्रकार सम्मेलनमा आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागका निर्देशक डा. बाशुदेव उपाध्यायले, योगले नसर्ने रोग लााग्न नदिन प्रयोग गरिने भ्याक्सिन बराबरको काम गर्ने बताए । नसर्ने रोगको उपचार गर्नु भन्दा लाग्न नदिने उपाय अपनाउन जरुरी रहेको उनले बताए । उनका अनुसार, स्वस्थ्यकर खानपान, धुम्रपान र मद्यपानको त्याग र नियमित शारीरिक व्यायम गरे नसर्ने रोग लाग्ने सम्भाबना कम हुन्छ ।
उनका अनुसार, गुणस्तरिय स्वास्थ्य जिवन जिउनका लागी तथा विशवव्यापी रुपमा फैलिदै गएको नसर्ने रोगको प्रकोपलाई न्युनिकरण गर्न मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने अवधारणलाई आत्मासाथ गर्नुपर्छ । स्वस्थ्य जिवनशैली अपनाई आयुर्वेद, योग तथा जडिबुटिको माध्यमबाट शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य शरीर, सकारात्मक सोच र व्यक्तित्व विकास गरीप् स्वस्थ्य समाज निमार्ण गर्न सकिने उनले बताए ।
योग दिवशलाई देशभर मनाउन पत्राचार गरिसकेको माहाशाखा प्रमुख श्याम बाबु यादवले बताए । योगद्धारा रोगप्रतिरोधात्मक क्षमता बढाउन सकिने उनको भनाई छ ।
आयुर्वेद चिकित्सा अन्तर्गत नसर्ने रोग व्यवस्थापन तथा जिवनशैली सुधारका लागी आयुर्वेद तथा बैकल्पिक चिकितसा विभाग, प्रदेश र स्थानिय तहका आयुर्वेद स्वास्थ्य संस्थाबाट यस्ता सेवाहर निशुल्क प्रदान गरिएको छ ।
बिरामी परिक्षण तथा निशुल्क औषधि वितरण
स्वस्थ्य जिवन कार्यक्रम
जेष्ठ नागरिकको लागी स्वास्थ्य प्रबधर्न सेवा कार्यक्रम
स्तनपायी आमालाई मातृशिशु सुरक्षार्थ जडिबुटिजन्य औषधि वितरण सम्बधि कार्यक्रम
पञ्चकर्म कार्यक्रम
विद्ययालय आर्युवेद तथा योग शिक्षा कार्यक्रम नागरिक आरोग्य कार्यक्रम