काठमाडौं- विकसित मुलुक लगायत छिमेकी राष्ट्र भारतमा पनि खोप लगाउने कार्य अगाडी बढि रहँदा नेपालमा पनि खोप खरिद प्रक्रिया केहि हदसम्म अगाडि बढाइएता पनि कोरोना भाइरस बिरुद्धको खोप खरिद गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कोषमा योगदान गर्न सुचना जारी गरेको छ ।
कोरोना भाइरस बिरुद्धको खोप खरिद गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कोषमा योगदान गर्न सुचना जारी गरेको छ ।
नेपाल सरकार र मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्विकृत प्राप्त भएको खोप खरिद गरी प्रथामिकताका आधारमा न्यायोचित वितरण प्रणाली मार्फत लक्षित समुहहरुलाई निःशुल्क खोप उपलब्ध गराउँन ठुलो रकम आवश्यक भएकाले दातृ निकाय, विदेशी विभिन्न व्यवसायी सामाजिक परोपकारी संस्थाहरुलाई योगदान गर्न मन्त्रालयले आव्हान गरेको छ ।
कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा भएको रकम परिचालन गर्नुका साथै खर्चको समिक्षा समेत गरिने मन्त्रालयले उल्लेख गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोनाविरुद्धको खोप खरिद पारदर्शी रुपमा गर्ने र न्यायपूर्ण रुपमा वितरण गर्ने बताएका छन्।
स्वास्थ्यमन्त्री त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप पहिलो प्राथमिकतमा रहेको भन्दै यसका लागि सबै नीतिगत तयारी केहि हदसम्म सक्किएको र चाँडो भन्दा चाँडो खोप ल्याउने जानकारी दिएता पनि खोप खरिदमा आर्थिक हिसाबले अपुग्ग देखिएको छ ।
खोप खरिद प्रकृयामा योगदान गर्न चाहाने व्यक्तिहरुले निम्न खातामा सहयोग रकम जम्मा गर्न सकिने छः
खाता नंः १७००१००१०२०६००००
खातावालाको नाम : कोष तथा लेखा नियन्त्रकको कार्यलय, त्रिपुरेश्वर
खाताको किसिमः क २ ६ विविध (खोप कोष)
खाता प्रयोजन : कोभिड खोप