काठमाडौं - छैठौं राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
गरौं योग डटेर, कोभिड जान्छ हटेर भन्ने नाराका साथ आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग टेकुले राष्ट्रिय योग दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ । साथै देशका विभिन्न स्थानमा पनि यो दिवस मनाइरहेको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगर्त पहिलो दिन पत्रकार अन्तरक्रिया कार्यक्रम, दोस्रो दिन बुधबार योग सम्वन्धी गोष्ठी, र आज शिक्षा मन्त्रालयको समन्वयमा कार्यक्रम, माघ २ मा विभागका महाशाखा प्रमुखहरुसग योगाभ्यास, माघ ३ मा व्यानर सहित वाक एण्ड टक कार्यक्रम, माघ ४ मा पशुपतिस्थित बृद्धाश्रममा स्वास्थ्य शिविर र माघ ४ गते समापन रहेको छ ।
दैनिक जिवनमा योगको महत्व
आधुनिक युगमा विज्ञान तथा प्रविधिको तिव्र विकासले एक स्थानमा बसी मानिस विभिन्न क्रियाकलापहरु गर्न सक्ने भएका छन् । पहिलेको तुलनामा आज मानिस शारीरिक श्रमबाट टाढि रहेको अवस्थामा छ । यसले शरीरमा यान्त्रिकता ल्याएको छ । साथै मनलाई तनावग्रस्त बनाएको छ । जिवन पद्दतीमा आएको यो निस्कृयताले मानिसमा अनेकौं रोगहरु देखिरहेको छ । शारीरिक व्यायम, योगाभ्यासले शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहन तथा बिशेषत नसर्ने रोगहरुबाट बच्न पनि सहयोग पुर्याएको छ । साथै स्वस्थ्यकर दीर्घजिवन प्रदान गर्ने यथेष्ट वैज्ञानिक प्रमाणहरुको पृष्ठभुमिमा योगको महत्वको बारेमा सचेतना बृद्धि गनुपर्ने आवश्यकता देखिन्छ ।
अष्टांग योग
यम
योग गर्ने व्यक्तिले योग गर्नुभन्दा अघि आफुले के गर्ने वा के गर्न नहुने भन्ने नियमको पालना गर्नुपर्दछ ।
सत्य अर्थात साँचो बोल्ने,
अंहिसा अर्थात कुनै प्रकारका हिंसा नगर्ने,
अस्तेय अर्थात चोरी नगर्ने,
ब्रहाचार्य अर्थात संयमित जिवन यापन गर्ने,
अपरिग्रह अर्थात जति आवश्यक हो त्यसैमा सन्तुष्ट रहने, आवश्यकताभन्दा बढि संग्रह गर्नु हुदैँन ।
नियम
योग गर्ने व्यक्तिले योग गर्नु भन्दा अगाडि सामाजिक नियमको पालना गर्नुपर्दछ ।
शौच अर्थात सफा रहने
सन्तोष
तप
स्वध्याय
ईश्वर प्रणिधान
आसन
शरीरलाई स्वस्थ्य, निरोगी र स्थिर रहन विभिन्न आसनहरु ९पद्यासन, ब्रजासन आदि ० मा सुखपुर्वक बस्नु
प्राणायाम
श्वास प्रश्वासको माध्यमबाट प्राण शक्तिको क्षमतालाई विस्तार गर्नु
प्रत्याहार
इन्द्रियहरुलाई नियन्त्रित राख्नु
धारणा
कुनै एक वस्तुमा मन लगाएर एकाग्र हुनु
ध्यान एकाग्रतालाई अटुट र गहिरो बनाउनु
समाधि
चित्त अर्थात मनलाई उकाग्र गरी ध्येय वस्तुको केन्द्र विन्दुमा चित्तलाई लगाई लामो समयसम्म लिन गराई राख्नु
योगका यि आठओटै अंग अत्यन्त उपयोगी छन् । योग गर्न बाल्यवस्था देखि नै सुरु गर्नाले शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य जिवन यापन गर्न र एकाग्र चित भई अध्ययन गर्न मद्धत पुग्छ ।
योगाभ्यासका फाइदाहरु
योगले शरीरका अंग प्रत्यागंहरलाई चलायमान, उर्जावान, आवश्यकता अनुसार सक्रिया वा शान्त राख्नुका साथै सकारात्मक प्रभाव पार्छ ।
योगको अभ्यासले हाडजोर्नि नशानाडि र मांशपेशि, फोक्सो, मुटु, रक्तनलि, पाचन तथा निष्कासन अंगहरुलाई स्वास्थ्य र सवल बनाउँछ ।
योगको उचित अभ्यासले कम उमेरका व्यक्तिमा उचाई बढाउन सघाउँछ । स्मरण क्षमता बृद्धिमा सहयोगी हुन्छ । शरीरलाई तन्दुरुस्त बनाउँछ र स्वस्थ्य रहन सहयोग गर्छ ।
नियमित योगाभ्यास गर्नाले नसर्ने रोगहरुको जोखिम कम हुन्छ ।
नसर्ने रोगहर जस्तै मधुमेह उच्चरक्तचाप, दम, मुटुरोग, हाडजोर्नि, नसासम्बन्धि रोगहरुमा यो लाभदायक छ ।
योगले जिवनशेलीलाई व्यवस्थित बनाउँछ । खराब जिवनशेलीका कारण उत्पन्न समस्याको जनेखिम न्युन गर्दछ ।
योगले मनलाई शामन्त, आन्नदित, उत्साहित र उर्जावान बनाउँछ । यसले मानसिक समस्याहरु जस्ते तनाव र चिन्ताजन्य समस्याहरु, बेचैनी, नकारात्मक सोच, आलस्यता लगायत रिस, इष्र्या, हिनताबोध, शंकाबोध जस्ता नराम्रा भावहरुलाई घटाउँछ । यसले मानसिक सबलता बृद्धि गर्छ । मनको कमजोरी हटाउँछ ।
योगले व्यक्तिलाई अनुशासित बनाउँछ । धुम्रपान, मद्यपान, सुर्तिजन्य पदार्थको सेवन र लागु औषधि सेवन जस्ता कुलतबाट बचाउन मद्धत गर्छ ।