डा.हेमराज कोइराला
काठमाडौं- खनिजतत्व र नुन आदिबाट मिर्गौलामा बनेकोे कठोर डल्लोलाई मिर्गौलाको पत्थरी भनिन्छ । मिर्गौलाको पत्थरी हुनमा धेरै कारक तत्वहरू जिम्मेबार हुन्छन् । हामीले खाने खानेकुरा ती कारक तत्वहरूमध्ये मूख्य मानिएको छ।
मिर्गौलाको पत्थरी हुँदा के खाने वा नखाने ? भनेर निक्र्यौल गर्नुभन्दा पूर्व शरीरमा बनेको पत्थरी कस्तो प्रकारको हो ? भनेर थाह पाउनु पर्ने हुन्छ । एक खालको पत्थरीको लागि राम्रो खानेकुरा अर्को खालको पत्थरीको लागि नराम्रो हुन सक्दछ। त्यसैले मिर्गौलाको पत्थरी हुँदा चिकित्सकलाई सोधेर कस्तो किसिमको पत्थरी हो भनेर निक्र्यौल गर्नुपर्ने हुन्छ । पत्थरीको प्रकृति निक्र्यौल गरिसकेपछि मात्र के खाने र के नखाने ? भनेर छुट्याउनु पर्ने हुन्छ।
मृगौलामा बन्ने पत्थरी मूलतः चार प्रकारका छन्।
१. क्याल्सियम अक्जेलेट पत्थरीः
२. क्याल्सियम फस्फेट पत्थरीः
३. यूरिक एसिड पत्थरीः
४. सिस्टिन पत्थरीः
१.ल्क्याल्सियम अक्जेलेट पत्थरीमा के नखाने ?
यो पत्थरी धेरै व्याक्तिमा देखिने पत्थरी हो । यस किसिमको पत्थरीको निर्माण पिसाबमा निहित क्याल्सियमसंग अक्जेलेट मिलेर अघुलनशिल क्रिष्टल बनाएपछि हुने गर्दछ। क्याल्सियम र अक्जालेट दुबै हामीले खाने धेरै खानेकुराहरूमा पाईने गर्दछ। यीमध्ये क्याल्सियम हाम्रो शरीरका लागि चाहिने तत्व हो, भने अक्जेलेटको उपयोग शरीरले गर्दैन। त्यसैले क्याल्सियम अक्जेलेट पत्थरी हुन नदिनको लागि उच्च अक्जेलेट भएको खानेकुराहरूलाई निषेध वा कम गर्नु पर्दछ । त्यसैगरि शरीरमै अक्जेलेट बन्न मद्धत गर्ने विभिन्न प्रकारका खानेकुराहरू पनि त्याग्नु पर्ने हुन्छ।
उच्च अक्जेलेट भएका खानेकुराहरूः
– पालुङ्गो
– भाण्टा
– काजु, पिस्ता र बदाम
– कालो अङ्गूर
– च्याउ
– फर्सी
– काक्रो
– टमाटर
– अमला
– मिसो सुप
– बोक्रा सहितको आलु
– चूकन्दर
– कोका पाउडर
– भिण्डी
– फ्रेन्च फ्राई
– रास्पबेरी
– स्टेभिया
– सूठूनी
चाहिनेभन्दा ज्यादा नुनको सेवन गर्दा नुनमा भएको सोडियमले पिसाबको रूपमा बाहिर गईरहेको पानीलाई पुनः अवशोषण गरि पिसाबलाई बाक्लो बनाउने गर्दछ। यसो हुँदा पिसाबमा क्याल्सियमको मात्रा बढ्न गई अक्जेलेटसंग संयोग भई क्यालसियम क्याल्सियम–अक्जेलेट क्रिष्टल बन्ने गर्दछ । त्यसैले मिर्गौलाको पत्थरीबाट बच्नका लागि उच्च मात्रामा नुन हालिएको, अजीनोमोटो हालिएका एवं, तारेको, भूटेको, चटपटे, फ्राईडफूड, जंङ्कफूड, बोतल र बट्टाबद्ध खानेकुराहरू आदिको सेवन गर्नु हुदैन।
माछा, मासु र अण्डा जस्ता जनावरबाट प्राप्त प्रोटीनको सेवनले पनि मिर्गौलाको पत्थरीलाई बढाउँदछ। त्यसैले जनावरजन्य खानेकुराहरू जस्तै माछा, मासु, अण्डा, दुध, दही, चिज, पनिर, बटर आदिको सेवन गर्नु हुदैन।
उच्च मात्रामा भिटामीन सीको सेवन गर्ने गर्दा पनि यसले शरीरमा अक्जेलेट उत्पादन गरि उच्च पत्थरी बनाउन मद्धत गर्दछ। त्यसैले प्रति दिन भिटामीन सीको सेवन ५०० मिग्रा भन्दा ज्यादा हुनु हुदैन्।
२. क्याल्सियम फस्फेट पत्थरीमा के नखाने ?
पिसाबमा भएको क्याल्सियमले जब पिसाबमै भएको फस्फेट मिनरलसंग संयोग गरि बनाएको पत्थरीलाई क्याल्सियम फस्फेट पत्थरी भन्ने गरिन्छ । क्याल्सियम फस्फेटको पत्थरी भएकाहरूले अक्जेलेट भएको खानेकुराहरू खान सक्छन तर उच्च फस्फेट भएको खानेकुराहरू खान सक्दैनन ।
प्राणीबाट प्राप्त खानेकुराहरूमा उच्च मात्रामा फस्फोरस पाईन्छ। खाएको फस्फोरस रगत हुदै पिसाबमा उत्सर्जित हुदै गर्दा क्याल्सियमसंग प्रतिक्रिया गरेर क्याल्सियम फस्फेटको क्रिष्टल बनाउने गर्दछ।
दुध, दहि, मही, चिज, पनिर, बटर जस्ता खानेकुरामा पनि उच्च मात्रामा फस्फोरस पाईने हुँदा पत्थरी बनाउन मद्धत गर्दछ ।
सामुन्द्रिक खानेकुराहरू पनि फस्फोरसको उच्च श्रोत हो।
जंङ्कफूडमा खानेकुरालाई सड्न नदिने तत्वको रूपमा फस्फोरस प्रयोग गरिएको हुन्छ। यसैगरि स्वाद बढाउन र आकर्षक बनाउनको लागि पनि फस्फोरस प्रयोग गरिन्छ।यसर्थ जङ्कफूड, फाष्टफूड, प्रोसेष्डफूड, केनफूट आदिको सेवन गर्नु हुदैन।
उच्च मात्रामा नूनको सेवन गर्ने गर्दा यसले पिसाबलाई बाक्लो बनाउने हुँदा क्याल्सियम र फस्फोरसलाई प्रतिक्रिया गर्ने प्रबल सम्भावना बढाईदिन्छ।
३. यूरिक एसिड पत्थरी हुँदा के नखाने ?
रगतमा यूरीक एसिडको मात्रा बढे सगै यूरिक एसिड पत्थरी हुने सम्भावना बढेर जान्छ। यसर्थ यूरिक एसिड बढाउने निम्नलिखित खानेकुराहरू खानुहुदैँन ।
यूरिक एसिड पत्थरी भएका र यूरिक एसिड बढेकाहरुले रातो मासु, फल मासु, ठूला जनावरका मासु, हासको मासु, टर्कीको मासु मुुटु, कलेजो, मिर्गौला र गिदी जस्ता भित्री अङ्गको मासु खान हुँदैन, रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।
बिशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरिङ्ग, ट्यूना, एन्कोभिज प्र्रजातीका माछाहरु र अन्य समुन्द्री वनस्पति हरुबाट निर्मित खानेकुराहरुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दछ र यूरिक एसिड पत्थरीमा खान राम्रो मानिँदैन ।
युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी, वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन गर्नु हुदैँन । मदिराजन्य पेयले शरीरमा यूरिक एसिडको मात्र बढाउनुको साथैै शरिरमा बनेको यूरिक एसिडलाई पिसाबबाट उत्सर्जन हुन पनि रोक्दछ ।
कोकाकोला, पेप्सीकोला, स्प्राइट, फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेयहरुले यूरिक एसिडलाई बढाउँछ । फ्रूूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी ,सोडापानी पनि यूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूूक्टोज पाइन्छ । प्रूूmक्टोजले एटीपीलाई एएमपीमा तोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।
दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त यूरिक एसिड बन्छ र यूरिक एसिड पत्थरी हुन सक्छ।
कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो, च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेटको मात्रा पनि ज्यादा पाइन्छ । यसर्थ यस्ता तरकारिको सेवन कुनै पनि प्रकारको पत्थरीका लागि राम्रो होईन।
जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूडमा हालिएको प्रीजरभेटीभले पनि रगतमा यूरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृततालाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादा खाँदा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउँछ र पत्थरी बन्दछ।
अचार (पुरानो) तामा, गुन्द्रुकसिन्की पनि यूरीक एसिडका लागि राम्रो होइन यस्ता खानेकुराको सेवनले रगतमा यूरिक एसिड बढाएर यूरिक एसिड पत्थरी बन्न सहयोग गर्दछ।
४. सिष्टिन पत्थरी हुँदा के नखाने ?
प्रोटिन बनाउन प्रयूक्त हुने सिष्टिन एमाईनो एसिडको रक्त मात्रा ज्यादा भएर पिसाबमा उत्सर्जित भएर बन्ने सिष्टिन पत्थरी अन्य पत्थरी भन्दा आकारमा ठूलो हुने गर्दछ । साथै एक पछि अर्को बनी रहने गर्दछ। यस किसिमको पत्थरीको मुख्य कारण सिष्टिन्यूरीया भन्ने आनुबंशीक रोग हो । त्यसैले खानेकुराहरूको पनि सिष्टिन पत्थरी गराउनमा विशेष भूमीका हुन्छ। माछा, मासु, अण्डा, दुध, दही, चीज, पनिर जस्ता जङ्गम श्रोतका खानेकुराले यस किसिमको पत्थरी गराउनलाई सहयोग गर्दछ। त्यसैगरि अत्याधिक नुन हालिएका खानेकुराहरू जस्तै फ्रे¸फ्राई, आलु चिप्स, ससेज, पुरानो अचार आदिको सेवनले पनि सिष्टिन्यूरीयालाई बढाउँदछ।
यसै गरि कम पानी पिउनेहरूलाई पनि सिष्टन पत्थरी हुने सम्भावना रहन्छ। पानी कम पिउँदा पिसाबको अम्लता बढेर पत्थरी बन्ने गर्दछ
महिला स्वास्थ्य