काठमाडौं । बिनोद भण्डारीको शतकिय इनिङ्समा विभागीय टिम आर्मीले गण्डकी प्रदेशलाई ठुलो लक्ष्य प्रस्तुत गरेको छ ।
काठमाडौं शुक्रबार सुरु प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मीले गण्डकी समक्ष २ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन बनायो ।
बिनोद भण्डारीले उद्घाटन खेलमै शतकिय इनिङ्स खेलेपछि आर्मीले गण्डकी सामु ठुलो लक्ष्य प्रस्तुत गरेको हो ।
बिनोदले ९ चौका र ५ छक्काको मदतले १ सय ११ रन बनाए ।
यस्तै, राजु रिजालले ४५ रन बनाएको इनिङ्समा लोकेश बलमे ४२ र राजेश पुलामी मगरले ३८ रनको योगदान दिए । भिम शार्की १५, रोहित पौडेल १० र हरीकृष्ण झा १४ रनमा आउट भए ।
गण्डकीका बिपिन खत्री र बिशाल पौडेलले समान २ विकेट लिए । दिपेश खत्री र चन्द्र पौडेलको नाममा एक एक विकेट रह्यो ।
नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कप प्रतियोगिता आयोजना गरेको हो ।
यसअघि क्यान निलम्बनको अवस्थामा राखेपले नीजि कम्पनीसंग मिलेर प्रतियोगिता आयोजना गर्दै आएको थियो ।