काठमाडौं- अग्रेंजी भाषामा जंक भनेको काम नलाग्ने अर्थात बेकारको भन्ने बुझिन्छ । शरीरलाई आवश्यक पर्ने प्रोटिन, भिटामिन खनिज जस्ता पदार्थ नभएको वा अति कम भएको तर चिनी, चिल्लो पदार्थ जस्ता क्यालोरीयुक्त तत्वको मात्रा अत्यधिक भएको वस्तुलाई जंक फुड भनिन्छ ।
अत्यन्त कम र असन्तुलित पौष्टिक तत्व भएका, उच्च क्यालोरीयूक्त, धेरै पहिले तयार गरेर बट्टा वा बोतलमा प्याक गरेर राखिएका, प्रशोधित एवं परिस्कृत, उच्च मात्रामा नुन चीनी र चिल्लो हालिएका र व्यापारिक प्रयोजनका लागि अखाद्य वस्तु समेत हालेर स्वादिष्ट बनाईएका, नपकाईकन पनि खान मिल्ने गरि तयार गरिएको खानेकुराहरूलाई चलन चिल्तीको भाषमा मृत खाना वा जंङ्कफूड भन्ने गरिन्छ।
यी खानेकुराहरूको सेवन गर्ने व्यक्तिलाई जाड, रक्सी वा चूरोटको लत जस्तै बस्दछ । यस्ता खानेकुरा लामो समयसम्म खाइरहेमा अनेकौ स्वास्थ्य समस्याका साथै सौन्दर्यमा पनि प्रभाब पार्ने देखिन्छ ।
१. तौल बढ्नेः
विश्व स्वास्थ्य संगठनले विश्वव्यापि महामारीको रूपमा फैलिईरहेको मोटोपनको मुख्य कारणको रूपमा जङ्कफूडलाई लिएको छ। यस्ता खानेकुराको सेवनले तौल बढ्ने, भूडीलाग्ने र मोटाउने समस्या जन्मिन्छ । मोटोपनाले हरेक व्यक्तिको सौन्दर्यतामा प्रभाव पार्नुका साथै विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्छ ।
जङ्कफूडलाई लामो समयसम्म संरक्षित गरेर राख्न सकिने र स्वादमा अत्यन्तै स्वादिलो बनाईएको हूँदा र सजिलै एवं सस्तो मूल्यमा पाईने भएकाले यसलाई धेरैले मन पराउँछन । कम पौष्टिकतत्व, मूल्य एवं असन्तुलित पोषक तत्व भएको तर अति उच्च मात्रामा नुन, चीनी र चिल्लो हालिएको हूँदा, खालि क्यालोरीका कारणले जङ्कफड खाँदा तौल ह्वातै बढ्दछ।
जङ्कफूडको सेवनले मेटाबोलिक क्रियालाई समेत सुस्त बनाईदिने हुदाँ तौल बढ्दछ। यसैगरि जङ्कफूडमा मिसाईएका केमिकलहरूले भोक लगाउने र सन्तुष्टि प्रदान गर्ने हर्मोनहरूको बिचमा तालमेल बिगारीदिने हुँदा धेरै भोक लाग्ने र असन्तुष्टि बढीरहन्छ । जसका कारण तौल बढ्ने र मोटाउने भईरहन्छ।
२.चायाँ पोतो र डण्डिफोर आउनेः
जङ्कफूडमा उच्च मात्रामा प्रशोधित कार्बोहाईड्रेट्स हुने भएकाले चाँया पोतो र डण्डीफोर जस्ता सौन्दर्यात्मक समस्याहरू पनि हुने गर्दछ। त्यसमा पनि उच्च ग्लाईसेमीक ईन्डेक्स भएका जङ्कफूडहरू जस्तै चकलेट, मिठाई, लड्डू, सनपापडी, आदीको सेवनले तुरून्तै रक्त ग्लूकोज र रक्त ईन्सुलिन बढाईदिने गर्छ । जसका कारणले एन्ड्रोजेन स्राव र तेल उत्पादन भई चाँया, पोतो र डण्डिफोरको समस्या जन्माउँछ। त्यसै गरि उच्च मात्रामा जङ्कफूडको सेवन गर्नेहरूलाई एक्जिमाको समस्या पनि देखा पर्दछ। एक्जिमा भनेको एक किसिमको छालाको एलर्जी हो ।
३. छाला चाउरी पर्नेः
जङ्कफूडको रूपमा उच्च मात्रामा नुन, चीनी र चील्लो हालिएको खानेकुराहरू खाँदा शरीरमा चीनी र प्रोटीनबिच प्रतिक्रिया भएर एडभान्स ग्लाईकेसन एण्ड प्रोडक्ट नामक कम्पाउण्ड बन्दछ । यो एडभान्स ग्लाईकेसन एण्ड प्रोडक्टहरूले छालाको कोल्याजन र ईलास्टिनलाई क्षति पु¥याउने हुँदा छाला चाउरीपर्ने र चाढै बुढो देखिने हुन्छ।
८. असामयीक बुढ्यौलीः
जङ्कफूडको सेवनले असामायीक बुढ्यौलीलाई पनि निम्त्याउने तथ्य विभिन्न अनुसन्धानहरूले दर्शायी सकेका छन। जङ्कफूडमा उच्च मात्रामा हालीएका नुन, चीनी र चिल्लोले विशेषतः क्रोमोजोमहरूको टेलोमेयर भनिने सिमावर्ती ढक्कनलाई छोट्याउने गर्दछ। टेलोमेयरको मूख्यकाम भनेको क्रमोजोमलाई विकृत हुन र अन्य क्रोमोजोमसंग प्रतिक्रिया गर्न नदिएर जीनहरूको रक्षा गर्नु हो। यदि टेलोमेयर छोटिदै गयो भने हाम्रो कोषहरू बुढो हुदै जाने र असामयीक बुढ्यौली सुरू हुने गर्दछ।
’