काठमाडौं – बर्दिया जिल्लाको थारु समुयदायका ११ दशमलब ३ प्रतिशतमा सिकल सेल डिस्अर्डर भएको पाइएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०७४ साउन देखि २०७६ पुससम्म गरेको अध्ययनमा ११ दशमलब ३ प्रतिशतमा सिकल सेल डिस्अर्डरको समस्या भएको पत्ता लागेको हो।
परिषद्ले बर्दियाका थारु समुदायमा २० हजारमा यो अध्ययन गरेको थियो। सो अध्ययनबाट २० हजारमध्ये २ हजार २५६ जना अर्थात ११ दशमलब ३ प्रतिशतलाई सिकल सेल डिस्अर्डर भएको पत्ता लागेको हो। जसमध्ये २ हजार १११ जना अर्थात १० दशमलब ६ प्रतिशतलाई सिकल सेल ट्रेट थियो भने १४५ जना अर्थात शुन्य दशमलब ७ प्रतिशतलाई सिकल सेल रोग थियो।
सिकलसेल डिस्अर्डर भएका २ हजार २५६ जनामध्ये सिकलवीद् बीटा थालेसीमिया २३२ जना अर्थात १० दशमलब २ प्रतिशत, सिकलवीद् डी पंजाब ६ जना, अर्थात शुन्य दशमलब ३ प्रतिशत र सिकलवीद् सजेस्टिभ डी इरान ६ जना अर्थात शुन्य दशमलब ३ प्रतिशलाई थियो।
अध्ययनमा सहभागि ७ हजार ९८२ पुरुषमध्ये, सिकल सेल ट्रेट ८७४ अर्थात १० दशमलब ९ प्रतिशत लाई थियो भने ७५ जना अर्थात शुन्य दशमलब ९ प्रतिशतलाई सिकल सेल रोग थियो। त्यस्तै गरी १२ हजार १८ महिलामध्ये १ हजार २३७ अर्थात १० दशमलब ३ प्रतिशलाई लाई सिकल सेल ट्रेट थियो भने ७० जना अर्थात शुन्य दशमलब ६ प्रतिशतलाई सिकल सेल रोग पाइएको थियो।
अध्ययनमा सहभागी ११ हजार ९०२ देसौरी थारु उपसमूहमध्ये १ हजार २८४ जना अर्थात १० दशमलब ८ प्रतिशतलाई सिकल सेल ट्रेट थियो भने ८२ जना अर्थात शुन्य दशमलब ७ प्रतिशतलाई सिकल सेल रोग पाइएको थियो। त्यसैगरी ७ हजार ९४३ दंगौरी थारु मध्ये ८०१ जना अर्थात १० दशमलब १ प्रतिशतलाई सिकल सेल ट्रेट र ६१ जना अर्थात शुन्य दशमलब ८ प्रतिशतलाई सिकल सेल रोग थियो।
अधिकांस सिकल सेल रोग भएका सहभागीहरुले बारम्बार ज्वरो आउने, टाउको दुख्ने, हैण्ड– फूट सिन्ड्रोम र जनोर्नीको दुखाईको समस्या भएको बताएका थिए। सिकल सेल डिस्अर्डर भएकामध्ये ६७ जना आर्थात ४६ दशमलब २ प्रतिशतमा ज्वरो आउने, ५४ जना अर्थात ३७ दशमलब २ प्रतिशतमा टाउको दुख्ने, ५४ जना अर्थात ३७ दशमलब २ प्रतिशतमा हैण्ड–फूट सिन्ड्रोम र ४८ जना अर्थात ३३ दशमलब १ प्रतिशतमा जोर्नीको दुखाईको लक्षण देखिएको पाइएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्यतथा जनसंख्या मन्त्रालयको सहयोगमा बर्दिया जिल्लाको थारु समुदायको १ देखि २९ बर्ष सम्मका व्यक्तिमा सिकल सेल रोगको व्यापकता र यसको बिभिन्न सामाजिक, जनसंख्याकिकतथा देखा परेका लक्षणहरुको कारकको बारेमा गरेका हो।
अध्ययनका लागि सम्पूर्ण सहभागीहरुको पारिवारिक इतिहासको जानकारी दिएर उनीहरुको ३ मिलि रगतको नमुना संकलनगरिएको थियो। उक्त रगतको नमूना मगरगढि नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रगतजाँच गरी प्रारम्भिक छनौट गरिएको थियो। सिकल सेल भएका व्यक्तिहरुको रोग निदानका लागि संकलित नमुनाहरुलाई कोल्डे चेनको व्यवस्था सहित काठमांण्डौको वीर अस्पतालमा हाई पफमेन्स लिक्विड क्रोमोटोग्राफी गरिएको थियो। सिकल सेल रोगको निदानका लागि उनीहरुको डिएनए उत्परिवर्तनको विश्लेषण पनि गरिएको थियो।
अध्ययनका लागि ४ हजार ७३ जना ११ देखि १५ वर्ष उमेर समुहका थिए भने १६ देखि २० वर्ष समूहका ३ हजार ४५४ जना देखिए। ती मध्ये करिब ६० प्रतिशत सहभागीहरु महिला थिए। अध्ययनमा थारु समुदायका देसौरी ५९ दशमलब ५ प्रतिशत थिए भने ३९ दशमलब ७ प्रतिशत दंगौरा थिए। अध्ययनको समयमा ११ हजार ३०३ जना अर्थात ६५ दशमलब १ प्रतिशत अविवाहित थिए।
सिकल सेल डिस्अर्डर
सिकल सेल डिस्अर्डरलाई सिकल सेल रक्तअल्पता वा सिकल सेल रोग पनि भनिन्छ। यो रोग रगतमा हुने तत्व हेमोग्लोविनको गडबडिका कारण हुने साधारण आनुवंशिक अवस्था हो।
यो रोग भएका व्यक्तिमा असाधारण प्रकृतिको हेमोग्लोविन आणुहरु हुन्छन्। जसले सामान्य रातो रक्तmकोषलाई हसिया वा अर्ध चन्द्र आकारको स्वरुपमा परिवर्तन गर्दछ। सिकल सेल ट्रेट भनेको यस्तो अवस्था हो, जसमा व्यक्तिले आफ्नो आमा वा बुबामध्ये कुनै एकबाट सिकल सेल जीन वंशानुगत रुपमा आएको हुन्छ। प्रायःसिकल सेल रोगको कुनै लक्षण देखाउदैन।