काठमाडौं । च्याम्पियन्स लिगको नकआउट चरणमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले समूह चरणको अन्तिम खेलमा पराजित भएको छ । स्थान पक्का गरिसकेको सिटीले जर्मन क्लब आरबी लाइप्जिगसँग उसकै मैदानमा २–१ ले पराजित भएको हो ।
लाइप्जिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे । सिटीका रियाद महारेजले एक गोल फर्काए ।
रेडबुल एरिना लाइप्जिगमा मंगलबार राति भएको खेलको २४औं मिनेटमा डोमिनिक सोबोस्लाईको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले कोनरड लेइमेरको पासमा गोल गरेका थिए ।
७१औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै लाइप्जिगको अग्रता दोब्बर पारे । उनले इमिल फोर्सवर्गको पासलाई सदुपयोग गरेका थिए ।
७६औं मिनेटमा रियाद महारेजले ओलेक्सन्डर जिन्चेन्कोको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्कने संकेत दिए । तर, ८२औं मिनेटमा केल वाल्कर सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी खेलमा फर्कन सकेन ।
यो हारको बावजुत सिटी समूह ‘ए’ मा ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रह्यो । सिटीलाई हराएको लाइप्जिग ७ अंक जोडेर तेस्रो स्थानमा रहँदै छनोटको अन्त्य गर्यो ।
यही समूहको अर्काे खेलमा पिएसजीले क्लब ब्रुगमाथि ४–१ को सानदार जित निकालेको छ । पिएसजीको जितमा लियोनेल मेस्सी र केलियन एमबाप्पेले समान दुई गोल गरे ।
क्लब ब्रुगका माट्स रिट्सले एक गोल फर्काए । यो जितपछि पिएसजी ११ अंक जोडेर दोस्रो स्थानमा यथावत रह्यो । क्लब ब्रुग ४ अंक जोडेर पुछारमा रहेको छ ।