काठमाडौं । कुनै बेला काठमाडौंको पहिचानका रुपमा चिनिएको धरहरालाई २०७२ सालको भुकम्पले तहस नहन बनाएपछि अहिले पुनःनिर्माणको काम भइरहेको छ । भुकम्प गएको लामो समय सम्म पुनः निर्माणले गति लिन नसकेपछि राष्ट्रिय पुनः निर्माण प्रधिकरणकै अगुवाइमा आधुनीक धरहरा बनाउन थालीएको हो ।
२०७२ बैशाख १२ को विनासकारी भूकम्पले नेपालका विभिन्न पुरातात्वीक महत्वका सम्पदामा क्षेती पुर्याएको थियो । सोहि दौरान क्षेती ग्रस्त बनेको एतिहासिक महत्व बोकेको धरहरा पुनःनिर्माणको काम अहिले कोरोना महामारी कै बीचमा पनि अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय पुनः निर्माण प्रधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पुर्ण निमार्ण कार्य सम्पन्न गर्ने गरि रमन कन्ट्रक्सनसँग २०७५ असोज १४ गते सम्झौता गरेको थियो । उक्त अवधिमा निमार्ण कार्य सम्पन्न हुन नसकेपछि निर्माणको समय थपिएको हो ।
२०७५ कात्तीकबाट निर्माण कार्य सुरु भएपनि कोरोना संक्रमणका कारण निर्माण कार्य प्रभावित भएको भन्दै निर्माण कम्पनीले २१ महिनाको थप समय माग गरेको थियो । तर पुनः निर्माण प्रधिकरणले ९ महिना मात्रै समय थप गरेकोमा पाँच महिनाको अवधि गुज्रिसकेको छ । तोकिएको समय सकिनै लाग्दा– धरहरा निमार्णको काम अन्तिम चरणमा पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह प्रवत्ता मनोहर प्रसाद घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार निर्माण कार्य करिब–करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ ।
भूकम्पले ढलेको भीमसेनस्तम्भ पुनःनिर्माणको प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रुपमा २०७५ पुस १२ गते उद्घघाटन गर्नुभएको थियो । मुख्तियार भीमसेन थापाले विसं १८८२ मा पत्नी त्रिपुरासुन्दरीको सम्झनामा निर्माण गर्न लगाएको ११ तले धरहरालाई नब्बे सालको भूकम्पले क्षति पारेपछि नौतले बनाइएको थियो । गोरखा भुकम्प पश्चात रमन कन्स्ट्रक्सनले ठेक्का पाएको धरहराको पुनःनिर्माणमा तीन अर्ब ४८ करोड खर्च लाग्ने अनुमान छ । धरहराको निर्माणको समयावधि थपेर २०७८ साल असार १६ गतेसम्म रहेकोमा सो अवधिमा सम्पूर्ण निर्माण सम्पन्न भैसक्ने सक्ने इन्जिनियर योगेश धामीले बताउनुभयो । उहाँले भन्नुभयो' 'निर्माणको काम भइरहेको छ अबको चार महिनाको अवधिमा सर्वसाधारणलाई अवलोकन गर्न मिल्ने गरि काम अघि बढेको छ।'
प्राधिकरणको समयावधि आगामी वर्षको पुष १० गतेसम्म भएकाले असार मसान्तसम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाउने आगामीतयारी प्राधिकरणले गरेको छ । अहिले सम्म निर्माण कार्यमा ४० प्रतिशत रकम खर्च भएकोे छ । नवनिमार्णका क्रममा २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।
धरहरा ११ तलाको बन्नेछ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्टलगायतका सुविधाहरु पनि हुनेछन् । धरहरा परिसरमा तीन तले पार्किङ हुने छ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।