काठमाडौं- देशभर हाल ५० जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय ९८ जना संक्रमित अस्पतालको आइसियु छन्। भने ४ हजार १ सय १९ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। बाँकी ३ हजार ३ सय ९६ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा बढि बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र १ हजार ९ सय जना संक्रमित होम आइसोलेसनमा बसेका बन्त्रालयले जनाएको छ ।
त्यस्तै, प्रदेश १ मा २ सय २१, प्रदेश २ मा २८, गण्डकी प्रदेशमा ६ सय ५६, लुम्बिनी प्रदेशमा ७ सय ३०, कर्णालीमा १ सय ६ र सुदूरपश्चिममा ४ सय ७८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
प्रदेश १ मा १७ आइसियु र १ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसियु र ४ भेन्टिलेटरमा बागमती प्रदेशमा ९७ आइसियु र २९ भेन्टिलेटरमा, गण्डकीमा ७८ आइसियु र ११ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४१ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले बताएको छ ।
कर्णाली प्रदेशमा ६ जना आइसियु र २ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा २ आइसियुमा छन्। यो प्रदेशमा कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।