काठमाडौं- उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विककले खाद्यान्न सामाग्री बिक्री वितरण गर्दा सेवाग्राहीसँग कर्मचारीहरुले सहयोगी व्यवहार गर्न निर्देशन दिनु भएको छ ।
सोमबार उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक लगायतको टोलीले काठमाडौंस्थित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र रामशाह पथ तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अनुगमन गर्दै मन्त्री विकले प्रत्यक्ष रूपमा समाजको पहुँच विहिन सँग जोडिएर काम गर्ने कार्यालय भएकाले बिक्री कक्षमा हुने कर्मचारीहरुले सेवाग्राहीसँग सहज र सहयोगीरुपमा काम गर्न आग्रह गर्नु भएको हो ।
व्यापार कम्पनी लिमिटेडको कार्यालयले काठमाडौं र पोखरामा अनलाइनबाटै समान डेलिभरी गर्ने गर्छ । यो संस्थाले खाद्यान्न् सामाग्री विक्री वितरण गर्दै आएको छ ।
राज्यमन्त्री विकले विभागको अनुगमनका क्रममा कोही भोकै मर्नु पर्दैन भन्ने सरकारको उदेश्यलाई यो विभागले पुरा गर्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।
स्टिम चामलको माग बढी भएकाले बर्दियाको राजापुरमा रहेको राजापुर राइस मिल लाई पूर्ण रूपमा सञ्चालन गर्न सकियो भने चामलको मागलाई पुरा गर्न सकीने भन्दै राजापुर राइस मिल लाई पूर्ण रूपमा सञ्चालन गर्न मन्त्री बिकले निर्देशन दिनु भएको छ ।
कोरोनाले प्रविधि चलाउन सिकाएको भन्दै उहाँले त्यही सिकाइलाई अवलम्बन गरी कार्यालयका सम्पूर्ण काम डिजिटल प्रविधि बाट गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिनुभएको छ ।
उहाँले बजार सम्बन्धी गुनासो सुन्न ११३७ मा आएका फोनको जनतालाई चित्त बुझ्ने गरी जवाफ दिन पनि निर्देशन दिनुभयो । विभाग र जिल्लामा जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृतको नेतृत्व वा पालिकामा उप प्रमुख गर्ने बजार अनुगमनलाई प्रभावकारी गराउन मन्त्री विकले आग्रह गर्नु भएको थियो साथै उँहाले मूल्य वृद्धि लागि नियमन गर्नु पर्यो यदि सकिएन भने किन सकिएन भनेर जनतालाई स्पष्ठ रुपमा बुझाउने कुरामा जोड दिनु भयो ।
कार्यलमा अनुगमन गर्दै मन्त्री विकले भन्नु भयो 'म यहाँ तपाईहरुलाई आदेश दिन आको होइन के काम कसरी गर्ने भनेर सिक्न आको हु।'