जाडो मौसममा त छाला झन् खस्रो हुन्छ। धेरैको ध्यान अनुहारको खस्रोपन हटाउनेतिर मात्र जान्छ । हातको छालामा भएको खस्रो कम गर्न त्यति ध्यान दिइँदैन । तर हातको हेरचाह र नरमपनमा उत्तिकै विचार गर्नुपर्छ। जाडोमा हात मुलायम बनाउन केही घरेलु विधि अपनाउन सकिन्छ।
हात मुलायम बनाउने सरल तरीका
—दैनिक चिसो पानीमा हात खेलाउनुको साथै लोसन प्रयोग गर्नुस्। यसले हातलाई नरम बनाउनुका साथै छालालाई चम्किलो पनि बनाउँछ।
– हातमा जैतुनको तेलले मालिस ग¥यो भने पनि हात मुलायम बन्छ । जैतुनको तेलमा पर्याप्त मात्रामा एन्टिअक्सिडेट्स हेल्दी फ्याटी एसिड पाइन्छ । यो एसिड हातका लागि ज्यादै राम्रो हुन्छ।
– नरिवलको तेलमा फ्याटी एसिडको मिश्रण हुन्छ । यसले सुख्खा छालालाई नरम बनाउने काम गर्छ ।
– हातलाई कोमल बनाउन मिल्क क्रिम पनि प्रयोग गर्ने सकिन्छ । मिल्क क्रिममा उच्च चिल्लो पदार्थ हुन्छ । यसले नेचुरल मोस्चराइजरको काम गर्ने गर्छ ।
– महले पनि नेचुरल मोस्चराइजरको काम गर्छ । यसमा पनि एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । त्यसैले यसको प्रयोगले हात धेरै कोमल हुन्छ ।
– हातलाई कोमल बनाउन एलोभेरा पनि प्रयोग गर्न सकिन्छ । यसले शरीरमा आद्रता ल्याउने काम गर्छ ।
– यसका अलवा हातलाई दही र केराले पनि मालिस गर्न सकिन्छ। यसले पनि हात कोमल हुन्छ।
– जाडो मौसममा पुरा शरीर ढाकिने पहिरन लगाउनु पर्दछ ।
– यस मौसममा हरियो सागसब्जी खाने तथा प्रशस्त पानी पिउने गर्नुपर्दछ ।
– छालामा टासिने गरी भित्रि लुगा लगाउदाँ सुती कपडा प्रयोग गर्नुपर्छ ।
– मनतातो पानि बाहेक धेरै तातो वा चिसो पानिले सीधै नुहाउनु हुदैन ।
– दुई चम्चा नुनलाई एक बाल्टी मनतातो पानीमा मिसाएर नुहाएमा छाला सुख्खा हुन पाउदैन ।
– जाडोमा साधारण साबुको सट्टा उच्च मोस्टराइज भएका साबुनको प्रयोग गर्नुपर्छ ।
– नुहाएपछि हल्का भिजेको शरीरमा तेल वा बडि लोसन लगाउने गर्नु पर्दछ ।
– यदि हातखुट्टा फुट्ने समस्या भएमा मनतातो पानीमा नुन राखेर डुबाउने गर्नुपर्दछ ।
– शरीरलाई ओसिलो राख्न तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्दछ ।
यदि यि उपायले पनि छालाको सुख्खापना कम भएन भने चिकित्सकको सुझाव लिनुपर्छ
’