काठमाडौं - सयदै त्यस्ता व्यक्ति नहोलान जसलाई गुलाफ फुल र त्यसको सुगन्धले मोहित नबनाको । प्रेमको प्रतिकको रुपमा लिइने गुलाफ स्वास्थयका लागि पनि उतिकै लाभदायक मानिन्छ ।
गुलाफको फूल एक अचुक औषधि हो । गुलाफको प्रयोगले अनुहार र छाला सम्बन्धीत समस्यालाई समाधान हुन्छ । गुलाफको फूलको पातको प्रयोगले अनुहारमा निखार ल्याउनमा बढी फाइदा पुग्छ ।
यस्तो छ गुलाफ औषधि गुणः
आँखाको रोगमा
सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्किरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २र२ थोपा
बिहानरबेलुका हाल्नाले ठीक हुन्छ ।
तनाव कम गर्नमा
गुलाफको तेलको प्रयोग टाउको दुखेको बेला गर्न सकिन्छ । यसले टाउको दुखेको निको हुने र तनाव पनि कम गराउँछ । यदी तपाईलाई डिप्रेशनको समस्या छ
ओठ फुट्ने भएमा
गर्मीले ओठ फुटेमा गुलाफको पात पिनेर दिनको २र३ पटक लेप गर्नाले ठिक हुन्छ ।
चोट लागेमा
गुलाफमा एस्ट्रिजेन्टको गुण पाईन्छ । यसको तेलको प्रयोग गर्नाले घाउ र चोट चाँडै निको गर्नमा मद्दत गर्छ । यस वाहेक यदी घाउबाट धेरै रगत बगेको छ भने त्यसमा पनि यसको प्रयोग गर्न सकिन्छ ।
छालाको लागि
गुलाब जलको प्रयोग टोनरको रुपमा पनि गरिन्छ । यसको नियमित प्रयोगले छाला कसिलो हुन्छ । साथै छालाको पीएच मात्रालाई पनि सन्तुलित बनाइ राख्छ, जसले गर्दा अनुहारमा चायाँ, डन्डिफोर आउँदैन ।
कपालको लागि
गुणकारी गुलाफको तेल कपालमा प्रयोग गर्नाले कपाल बढ्ने हुन्छ । गुलाफको तेल कपालको जडामो मसाज गर्नाले कपाल बलियो र घना हुन्छ ।
भने गुलाफको तेल प्रयोग गर्न सक्नु हुन्छ, यसले तनावलाई पनि हटाउनमा मद्दत गर्छ ।
(आयुर्वेद डाक्टर अमित कर्ण सँगको कुराकानीमा आधारित)
’