काठमाडौं - पाठेघर मुखको क्यान्सर महिलाहरुमा लाग्ने मध्ये सबैभन्दा प्रमुख क्यान्सर हो मानिन्छ । नेपालको क्यान्सरको तथ्याकं हेर्ने हो भने महिलामा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्छ ।
पाठेघरको मुखको क्यान्सर यहि कारणले हुन्छ भनेर किटान गर्न नसकेपनि प्यापिलोमा नामक भाईरसलाई प्रमुख कारक तत्वको रुपमा लिइन्छ । त्यसैगरि यौन सम्पर्क गर्दा पुरुषको लिगंले महिलाको पाठेघरमा ठोक्किदा चोट लाग्ने गर्छ । त्यहि चोट विस्तारै पाठेघरको मुख संक्रमणको रुपमा बस्छ र त्यहाको स्वस्थ्य भागलाई अस्वस्थ बनाउँदै क्यान्सरमा परिर्वतन हुने गर्छ ।
प्यापिलोमा र एच.पी. भि भाईरस भएका व्यक्ति सँग यौन सम्पर्क गर्दा अर्को व्यक्तिमा सर्ने सम्भावना उच्च रहन्छ । अन्य क्यान्सरलाई सरुवा रोग हैन भनिन्छ तर पाठेघरको मुखको क्यान्सर एउटा सर्ने रोगको रुपमा लिइन्छ । पाठेघरको मुखमा बारम्बार संक्रमण हुने महिलाहरुलाई यस किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्दछ र त्यसलाई अनियन्त्रित तवरले बढ्न मद्दत गर्दछ ।
पाठेघर मुखको क्यान्सर हुदाँ सुरुवाती चरणमा लक्षण देखिदैनन् । विस्तारै यस्ता लक्षणहरु देखिन्छन्ः
हल्का तल्लो पेट दुख्ने
फोहर तथा गन्हाउने पानी बग्ने
यौन सम्पर्क राख्दा दुख्ने
महिनावारी नहुने समयमा पनि हल्का रगत देखिने
बिना कारण वजन घट्नु
तल्लो पेट भारी, कमजोरी महसुस हुने
यस्ता लक्षण देखिदा परीक्षण गरेमा क्यान्सर फैलन पाउँदैन ।
कारण
प्यापिलोमा भाईरस संक्रमित व्यक्ति सँग यान सम्पर्क राख्दा
वंशाणुगत
धुम्रपान र मद्ययपानको सेवन
प्याप स्मेयर टेस्ट
पाठेघरको मुखको क्यान्सर लागेको थाहा पाउँने सजिलो तरिका प्याप स्मेयर परीक्षण हो । प्याप स्मेयर जाँच पाठेघरको पानी झिकेर गरीन्छ । यो परिक्षण मार्फत क्यान्सर भएको छ कि छैन र क्यान्सर हुने सम्भावना पत्ता लगाउने एक विशेष किसिमको अत्यन्तै सरल जाँच हो । यो टेस्ट नियमित गराउँदा पाठेघरको मुखको क्यान्सर हुनु अगाडी नै पत्ता लगाउन सकिन्छ ।
बच्चा जन्माउने योग्य तथा यौन क्रियाकलापमा संलग्न सम्पूर्ण महिलाहरुले नियमित रुपमा हरेक १ देखि ३ वर्ष भित्र प्यापस्मेर टेस्ट गराउनु पर्दछ ।
प्याप टेष्ट गराउनुभन्दा पहिला ध्यान दिनुपर्ने कुराहरुः
दुई दिन अगाडि देखि यौन संम्पर्क गर्नुहुदैन
मल्हम अथवा डुसको प्रयोग गर्नुहुदैन
महिनावारी भएको बेलामा गर्न मिल्दैन।
एक हप्ता अघिदेखि एन्टिबायोटिक खानुहुदैन।
प्यापस्मेयर टेस्टको महत्व
प्यापस्मेयर टेस्ट धेरै सजिलो र तुरुन्त गर्न सकिने जाँच हो ।
यो परिक्षण स्वास्थ्य केन्द्र, अस्पतालमा स्त्री रोग विशेषज्ञद्धारा गरिन्छ ।
यो जाँच गर्दा दुख्दैन ।
५ देखि १५ मिनेटमा गर्न सकिन्छ ।