एजेन्सी । कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या ६० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार विश्वभर हालसम्म ६० लाख ७ हजार २ सय २७ जनाको मृत्यु भएको हो।
कोरोना संक्रमण सुरु भएयताका २ वर्षमा उत्तर अमेरिका, दक्षिण अमेरिका तथा युरोपका मुलुकहरु सबैभन्दा बढी प्रभावित भएको पाइएको छ। सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ, जहाँ ९ लाख ६० हजार ३ सय १० जनाको मृत्यु भएको छ।
यस्तै, ब्राजिलमा ६ लाख ५२ हजार ६ सय ४८, भारतमा ५ लाख १५ हजार २ सय १०, रुसमा ३ लाख ४९ हजार ८ सय ५३, मेक्सिकोमा ३ लाख १९ हजार ८ सय ५९ र पेरुमा २ लाख ११ हजार १ सय ८ जनाको मृत्यु भएको तथ्यांक छ।
फ्रान्समा १ लाख ४० हजार ४ सय ७३, बेलायतमा १ लाख ६२ हजार ७ सय २२, इटालीमा १ लाख ५६ हजार १७, कोलम्बियामा १ लाख ३९ हजार १ सय २०, इरानमा १ लाख ३८ हजार १ सय १६, अर्जेन्टिनामा १ लाख २६ हजार ८ सय ४२, जर्मनीमा १ लाख २४ हजार ४ सय ५४, स्पेनमा १ लाख ५ सय ७४ र पोल्याण्डमा १ लाख १२ हजार ५सय ५१ जनाको मृत्यु भएको छ।