काठमाडौं- युरीक एसिड मेटाबोलिजमसँग सम्बन्धित समस्या हो । युरिक एसिड प्रोटिन मेटाबोलिजमबाट बन्ने हाम्रो शरीरको लागी अनावश्यक पर्दाथ हो । यो युरीयो साइकल, मेटाबोलिजम हुदैँ पिसाबको माध्यमबाट शरिर बाहिर निस्कन्छ । युरीक एसिड ३ देखि ६ एमजी परडियल छ भने त्यसलाई नर्मल मानिन्छ ।
युरिक एसिड बन्ने प्युरिन भन्ने पर्दाथ हुन्छ । प्रोटिन भएको खानेकुरा भित्र पर्ने अगार्न मिट ९अंगको माशु० जस्तैः कलेजो, गिद्धि, फोक्सो यि अंगहरुमा बढि प्युरीन पाइन्छ । यसमा पनि न्यु क्लिीक एसिड टुक्रिएर प्युरीन बन्छ । प्युरिन भएपछि मात्र युरीक एसिड बन्छ । त्यसकारण प्रोटिन भएको खानेकुरा खादाँ प्युरीन भएको खानेकुरा थोरै मात्र समावेश गर्ने वा सकेसम्म बहिष्कार गर्नुपर्छ ।
१ ग्राम अल्कोहलमा ७ क्यालोरी हुन्छ । अत्याधिक अल्कोहल सेवन गर्दा डिहाइडे«सन हुन्छ । जसले गर्दा युरीक एसिडको मेटाबोलिजम घटबढ भई युरीक एसिड हुन सक्छ ।
मोटोपना वा व्यायम नर्गदा पनि युरीक एसिड हुन सक्छ । मोटो हुने बित्तिकै मेटाबोलिजममा गढबढि हुन्छ । मेटाबोलिजममा गढबढि हुना साथ युरीक एसिड हुन्छ । खासगरी युरिक एसिड भएको व्यक्तिले माछा मासु, गेडागुडि खान हुदैँन ।
निरोगी मानिसले प्रतिदिन १।५ लिटर पानि पिउनुपर्छ । भने युरीक एसिड भएको मानिसले प्रतिदिन २ देखि २।५ लिटर पानि पिउनुपर्ने हुन्छ । पेय पर्दाथ नै त हो भनेर पानिको बदला डफ्ट ड्रिङ्क पिउनु हुदैँन पानी नै पिउनुपर्छ । यो पनि उमेर अनुसार बढ्दै जाने हुन्छ । प्रोटिनको मेटाबोलिजम डिसअर्डर भएर वा असन्तुलन भएर युरीक एसिड देखिने गर्दछ । प्रशस्त मात्रामा पानी पिउनाले युरिक एसिडको समस्या कम हुन्छ ।
कुनै व्यक्तिमा बंशानुगत कारणले पनि युरीक एसिड हुन सक्छ । जति मुख बारे पनि कोहि व्यक्तिमा युरीक एसिड बढ्ने गर्दछ । त्यसैले प्युरीन भएको खानेकुरामा बिशेष ध्यान दिनुपर्छ । काउली, बन्दा, सागपात पनि एकदम कम समावेश गनुपर्छ । रातो माशु, अर्गान मिट मिसाएर खानुहुदैँन । फलफुलहरु सिमित मात्रामा खान मिल्छ । त्यसका साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।
( प्रा. डा. जया प्रधानसँगको कुराकानीमा आधारीत )